स्वदेश फर्केपछि प्राधिकरणका हाकिमले भने : बंगलादेशमा बिजुली निर्यात गर्न भारत सकारात्मक

स्वदेश फर्केपछि प्राधिकरणका हाकिमले भने : बंगलादेशमा बिजुली निर्यात गर्न भारत सकारात्मक

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ स्वदेश फर्केका छन् । उनी नयाँ दिल्लीबाट हिजो साँझ काठमाडौं आइपुगेका हुन् ।

घिसिङ नयाँ दिल्लीमा भएको १० औं ऊर्जा सचिवस्तरीय बैठकमा सहभागी भएर फर्केका हुन् । उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१८ मा हिजो साँझ ७ बजे काठमाडौं आइपुगेका थिए ।

बैठकमा बंगलादेशमा बिजुली निर्यातका लागि राखेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको घिसिङले जानकारी दिएका छन् । भारतले बंगलादेश निर्यात गर्ने बिजुलीको आयोजनाको नाम त्यहाँको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेर स्वीकृत भएपछि उक्त प्रक्रिया शुरु हुने बताइएको छ ।

टिप्पणीहरू