नाबालकसहित आधा क्विन्टल गाँजा पुलिसको कब्जामा
रातको मौका छोपी गाँजा ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका-१ बाट दुई जना गाँजाका कारोबारी समातिएका हुन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक नाबालक रहेका छन् । अस्थायी प्रहरी चौकी, लोथरबाट खटिएको प्रहरी टोलीले पिप्लेबाट लोथरतर्फ आउँदै गरेको बा३च२५०४ नम्बरको टाटा डिआई चेकजाँच गर्दा ५३ किलो गाँजा भेटिएको थियो ।
प्रहरीले गाँजासहित गाडी र ओसार-पसारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
टिप्पणीहरू