पोल्याण्डका नेपाली कन्सुलरलाई पदमुक्त गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

पोल्याण्डका नेपाली कन्सुलरलाई पदमुक्त गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

युरोपेली मुलुक पोल्याण्डको वारसा क्षेत्रका लागि नेपाल सरकारको तर्फबाट अवैतनिक वाणिज्यदूत (कन्सुलर) रहेका डा. बोधराज सुवेदीलाई पदमुक्त गर्न माग गर्दे प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । सुवेदीमाथि मानव तस्करीको आरोप लागेकाले तत्काल पदमुक्तगरी आवश्यक छानविनको माग गर्दै इन्टरनेशनल इन्टेलिजेन्टस ब्यूरोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा माघ २५ गते उजुरी दर्ता गरेको हो । 

 ४१३७ दर्ता नम्बर रहेको उक्त उजुरीपत्रमा नेपाल सरकारको छात्रवृत्तिमा सन् १९८९/९० मा अध्ययनका लागि पोल्याण्ड गएर सुवेदी उतै लुकेर बसेको र त्यहाँको नागरिकतासमेत लिएको दावी गरिएको छ । गैरकानुनी तवरले नियुक्ति पाएका उनलाई राष्ट्रको प्रतिनिधि बनाएर मुलुककै शीर निहुर्याउने काम भएको पत्रमा उल्लेख छ । 

सुवेदीमाथि एनआरएनए पोल्याण्डको अध्यक्ष हुँदा सन् २००९ को नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै ८ जना नेपालीलाई अवैधानिक तरिकाले पोल्याण्ड ल्याएर मानव ओसारपसारमा संलग्न भएको आरोप छ । यद्यपि उनले भने प्रेस विज्ञप्तिमार्फत २ जनालाई मात्र आफूले पोल्याण्ड ल्याएको बताउॅदै आएका छन् । 

सुवेदीले आफू एनआरएनए पोल्याण्डको अध्यक्ष भन्दै काठमाडौंका रमेशकुमार मल्ल र म्याग्दीका टीका पुनलाई ११ डिसेम्बर २००८ मा भिसाको लागि दूतावासलाई लेखेको पत्रसमेत सार्वजनिक भएको थियो ।

 

टिप्पणीहरू