पोखरा पुग्नुभएका प्रधानमन्त्री पार्टी बैठकअघि काठमाडौंमा

पोखरा पुग्नुभएका प्रधानमन्त्री पार्टी बैठकअघि काठमाडौंमा

आज बिहान पोखरा जानुभएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी फर्कनुभएको छ । उहाँ सवार सेनाको स्काइ ट्रक केहीबेरअघि काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । 

माओवादीले आज दिउँसो ४ बजे पार्टी मुख्यालयमा पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री बिहान साढे १० बजे १४ जनाको टोलीसहित पोखरा प्रस्थान गर्नुभएको थियो । काठमाडौं फर्कंदा महासचिव देव गुरुङ र प्रमुख सचेतक हितराज पाण्डे पनि सँगै आउनुभएको हो ।

टिप्पणीहरू