प्रधानन्यायाधीश छिटो नियुक्त गर्न सर्वोच्च बारको माग

सर्वोच्च अदालत बार एसोसिएसनले तत्काल प्रधानन्यायाधीश नियुक्तिको माग गरेको छ । लामो समयदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन हुँदा न्यायिक क्षेत्रको सर्वोच्च निकायमा कार्यसम्पादनमा असर परेको उसको भनाइ छ ।

सर्वोच्च बारको ४९औं स्थापना दिवसको असरमा आयोजित कार्यक्रममा बार पदाधिकारीहरुले उक्त धारणा राखेका हुन् । सर्वोच्चमा एक वर्षभन्दा लामो समयदेखि प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायममा चलेको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि २०७८ फागुन १ गते महाभियोग दर्ता भएपछि उहाँ निलम्बित हुनुभएको थियो । त्यसपछि सर्वोच्च अदालत लगातार कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारीमा छ ।

टिप्पणीहरू