तातोपानीमा चीनबाट ल्याइएको स्याउ ‘पल्टी’ गर्ने सहमति
छिमेकी मित्रराष्ट्र चीनबाट स्याउ आयात गर्दै आएको सिल्क ट्रान्सपोर्ट कम्पनीले आफ्नो रोजीरोटी खोसेको भन्दै आन्दोलन गरिरहेका तातोपानी भन्सारमा कार्यरत श्रमिकहरु आन्दोलनका कार्यक्रम फिर्ता गर्न सहमत भएका छन् ।
सिल्क ट्रान्सपोर्ट र भन्सार सम्बद्ध श्रमिक संघ इकाई समितिबीच आज उनीहरुका माग सम्बोधन गर्न सहमत भएपछि कामदारहरु आन्दोलन छाडेर काममा फर्किएका हुन् । यसअघि चीनको खासाबाट स्याउ आयात गर्ने सिल्क कम्पनीले केही समययता ग्रीनजोनअन्तर्गत पल्टी (चिनियाँ कन्टेनरबाट नेपाली गाडीमा राख्ने) नगरी भन्सार गरेको र त्यसले आफूहरुको रोजगारी गुमेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए ।
त्यस्तै, सम्झौताबमोजिम सामान पल्टी गरेको रकम नपाएकोमा पनि उनीहरुको असन्तुष्टि रहँदै आएको थियो । तर, आज श्रमिक संघ इकाइ समिति तातोपानी भन्सार दुमिथाङ्ग र सिल्क ट्रान्स्पोर्टबीच सहमति भएपछि लोड अनलोडको काम सुचारु भएको बताइएको छ ।
टिप्पणीहरू