थाइ एअरवेजको ग्राउण्ड ह्याण्डलिङ रद्ध, एक करोड रुपैयाँ बक्यौता
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ कार्य रद्ध गरेको छ । आजदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको जनाइएको छ ।
प्राधिकरणले उक्त एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध ग गर्ने निर्णय हिजो गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आजदेखि थाइ एयरवेजका इन्जिनियरहरुले यसअघि गर्दै आएको जहाज मर्मत सम्भार सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ ।
अबदेखि विमानस्थलका ग्राउण्ड ह्याण्डलिङका सबै काम नेपाल वायुसेवा कम्पनीले नै गर्ने जनाइएको छ । नेपालमा साताको कम्तीमा ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा दिने प्रावधान छ । थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एक करोड रुपैयाँ बुझाउन बाँकी रहेको बताइन्छ ।
टिप्पणीहरू