प्रधानमन्त्रीलाई अखिल क्रान्तिकारीको ज्ञापन

प्रधानमन्त्रीलाई अखिल क्रान्तिकारीको ज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएको हो । उनीहरुले सरकारी र सामुदायिक शिक्षा, मेडिकल क्षेत्रका विद्यार्थीको समस्या, विदेशी सम्बन्धनप्राप्त कलेजमा विद्यार्थी भर्ना र संख्याको समस्या समाधान गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष प्रकाश शाहीलगायत आधा दर्जन विद्यार्थी नेताहरु बालुवाटार पुगेको बताइन्छ ।

टिप्पणीहरू