यी हुन् चक्रपथ विस्तारमा उत्पन्न समस्या

यी हुन् चक्रपथ विस्तारमा उत्पन्न समस्या

राजधानीको चक्रपथ विस्तार आयोजनाको दोस्रो खण्डमा निर्माणको काम अघि बढ्न नसक्नुको कारण औंल्याउँदै चिनियाँ कम्पनीले नेपाललाई पत्र पठाएको छ । निर्माण थाल्नुअघि ‘साइट क्लियर’ हुन नसक्दा कलंकी–महाराञ्जगञ्ज चक्रपथ विस्तारको काम अगाडि बढाउन नसकिएको कम्पनीले जनाएको छ । 

कम्पनीले सडक छेउछाउमा रहेका विभिन्न संरचनाका कारण निर्माणमा अवरोध हुने जनाएको छ । कंलकीदेखि सीतापाइलासम्मको दुबैतर्फ बिजुलीको खम्बा रहेकाले काम अघि बढाउन महाभारत परेको उसको भनाइ छ । 

सडक छेउमा रहेका पिपलको रुखले अवरोध पुर्याएको र स्वयम्भू क्षेत्रमा सडक बिस्तारको निम्ति स्थान पर्याप्त नरहेको भन्दै सम्बन्धित पक्षले गुनासो गरेको छ । त्यस क्षेत्रमा रहेका चौतारा, बनस्थली चोकको पश्चिममा रहेको प्रहरी कार्यालय, गोंगबु बसपार्क क्षेत्रमा रहेको शालिकलगायतले निर्माणमा पुग्ने चिनियाँ कम्पनीले उल्ले गरेको छ ।

कम्पनीले अवरोध उल्लेख गर्दै त्यसको समाधानका लागि नेपालका सम्बन्धित पक्षलाई केही उपायहरु पनि सुझाएको छ । हालसम्म नहटाइएका बिजुलीको खम्बा तत्काल सार्न र दुई दिनभित्र पिपलको रुख काट्न सकिने सुझावमा समेटिएको छ ।

टिप्पणीहरू