राष्ट्र बैंकको निर्देशनपछि नेप्सेमा पहिरो, लघुवित्तका सेयरमा नकारात्मक सर्किट
आजको सेयर कारोबारमा नेप्से परिसूचक उच्च अंकले तल झरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई दिएको निर्देशनपछि सेयर बजारमा ५७.७४ अंकले गिरावट आएको हो ।
राष्ट्र बैंकले ती संस्थालाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाइने, बढी दिएको लाभांशको ५० प्रतिशत जगेडा कोषमा, १५ प्रतिशत सीएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेपछि लघुवित्तको सेयर कारोबारमा पहिरो गएको हो । आज तीन दर्जनभन्दा बढी लघुवित्त कम्पनीका सेयरमा नकारात्मक सर्किट लागेको छ । परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा कायम भएको छ ।
आज २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता किनबेच भएको छ । उक्त किनबेचमा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाको कारोबार भएको छ । हिजोको तुलनामा नेप्से झरे पनि कारोबार रकम बढेको हो । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ ।
टिप्पणीहरू