राजधानीमा आत्मदाहको अर्को प्रयास, घाइतेको कीर्तिपुरमा उपचार

राजधानीमा आत्मदाहको अर्को प्रयास, घाइतेको कीर्तिपुरमा उपचार

ललितपुरको लगनखेलमा आत्मदाहको प्रयास भएको छ । आज साँझ त्यहाँको विद्युत प्राधिकरण भवन अघिल्तिर एक जना पुरुषले शरीरमा आगो लगाएका हुन् ।

साँझ साढे ७ बजेतिर लगनखेलको प्राधिकरण क्वार्टरमा बस्दै आएका उद्धव पराजुलीले शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइन्छ । प्राधिकरणमा कार्यरत श्रीमतीसँग उनी स्थानीय क्वार्टरमा बस्दै आएका हुन् ।

श्रीमतीकै अघिल्तिर आगो लगाएका उनको शरीरको ४० प्रतिशत भाग जलेको छ । आफन्त र प्रहरीको सहयोगमा आगो निभाएपछि उनलाई उपचारार्थ पाटन अस्पतालमा लगिएको थियो । पछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ ।

तर आत्मदाहको प्रयास किन गरे भन्ने कारण नखुलेकाले अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू