क्रसर व्यवसायीको भेलामा मन्त्री र सांसद अतिथि
नेपाल क्रसर तथा खानी उद्योग महासंघकाे आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा काठमाडौँमा शुरु भएको छ । थापागाउँस्थित बानेश्वर व्यङ्केटमा आज बिहान ११ बजे साधारणसभाको उद्धघाटन गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई प्रमुख अतिथि बनाइएको साधारणसभमा कांग्रेस सांसद रामहरि खतिवडाको पनि उपस्थिति छ । त्यस्तै, बागमती प्रदेशका सांसद किरण थापा, नेपाल हेभि ईक्युपमेन अध्यक्ष यमलाल श्रेष्ठलगायत कार्यक्रममा अतिथि छन् ।
साधारणसभामा देशभरबाट दुई सयभन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको बताइएको छ ।
टिप्पणीहरू