राजधानीका सडकमा सवारी साधनको गति ५० किलोमीटरमा सीमित

राजधानीका सडकमा सवारी साधनको गति ५० किलोमीटरमा सीमित

काठमाडौँ उपत्यकाका सडकमा सवारी साधन गुडाउनेले अबदेखि प्रतिघण्टा ५० किलोमीटरको गतिमा मात्रै हाँक्न पाउने भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले नयाँ व्यवस्था गरेपछि सवारी साधनको गति सीमित भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको अवस्थालाई ध्यानमा राखेर नयाँ व्यवस्था गरिएको बताइएको छ । ट्राफिकले सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको दाबी गरेको छ ।

राजधानीका सडकमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनको अधिकतम गति प्रतिघण्टा ५० किलोमीटर तोकिएको छ । चक्रपथको सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कोटेश्वर–भक्तपुर सडकखण्डमा पनि सवारी साधनको गति ५० किलोमिटर नै तोकिएको छ । तोकिएको मापदण्ड विपरित सवारी साधन चलाउने चालकलाई कानुनबमोजिम कारबाही गरिने ट्राफिकको भनाइ छ ।
 

टिप्पणीहरू