रामचन्द्रको घरमा लागेको आगोले सात घर खरानी

रामचन्द्रको घरमा लागेको आगोले सात घर खरानी

सप्तरीको सुरुङ्गा नगरपालिकामा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १७ लाखभन्दा बढीको क्षति भएको छ । सुरुङगा नगरपालिका– ९, बैरबोनाका ४५ वर्षीय रामचन्द्र यादवको घरमा गएराति बिजुलीको तार सर्ट भई आगो लाग्दा १७ लाख ४५ हजार मूल्य बराबरको धनमाल खरानी भएको हो । 

आगलागीबाट रामचन्द्रसहित स्थानीय परीक्षण यादव, रामकिशुन यादव, चन्द्रदेव यादव, बलाराम यादव, रामबृष यादव र बैजनाथ यादवको घर, धान, चामल, लत्ताकपडा, सुन, भाडालगायत अन्य सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू