कम्बोडियाका राजासँग भेट गर्न चिनियाँ राष्ट्रपति उहाँ बसेकै गेष्टहाउसमा

कम्बोडियाका राजासँग भेट गर्न चिनियाँ राष्ट्रपति उहाँ बसेकै गेष्टहाउसमा

कम्बोडियाका राजासँग चीनका राष्ट्रपति सि जिनपिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका राजा नोरोदोम सिहामोनी र मुमा बडामहारानी नोरोदोम मोनिनिथ सिंहानुकसँग राष्ट्रपति सि र उहाँकी धर्मपत्नी पेङ लियुआनले राजधानी बेइजिङमा भेट गर्नुभएको हो । 

राजा र मुमा बडामहारानीलाई भेट्न राष्ट्रपति दम्पति राज बसेकै राजकीय गेष्टहाउस तिआओताईमा पुग्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

राजा र मुमा बडामहारानी दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव मनाउने सिलसिलामा बेइजिङ भ्रमणमा गएको बताइन्छ ।

टिप्पणीहरू