संसद भवन पछाडि आगलागी, खाद्य उद्योग ध्वस्त

संसद भवन पछाडि आगलागी, खाद्य उद्योग ध्वस्त

मध्यबानेश्वरमा भएको आगलागीमा एउटा खाद्य उद्योग जलेर खरानी भएको छ । भूपी शेरचनमार्गमा रहेको हिमाली अर्गानिक स्थानीय विषादीरहित खाद्य उद्योगमा लागेको आगोमा टहरा र खाद्यान्न सबै जलेको बताइएको छ ।

उद्योगको टहरामा विद्युत सर्टपछि आगलागी भएको प्रहरीको भनाइ छ । काठमाडौं महानगपालिकाको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । उद्योग सञ्चालक वसन्तकुमार पाण्डेका अनुसार टहरामा रहेका सबै दाल,  चामल, अन्न र मेशिन जलेर नष्ट भएकाले क्षतिको विवरण यकिन गर्न नसकिएको जानकारी दिएका छन् ।

टिप्पणीहरू