भारतीय राष्ट्रिय निकुञ्जबारे सिन्ह्वाको विश्लेषण : उत्कृष्ट व्यवस्थापन (फोटो फिचर)
चिनियाँ समाचार समिति सिन्ह्वाले प्रेषित गरेको समाचारमा भारतको पन्ना राष्ट्रिय निकुञ्जको व्यवस्थापन निकै उत्कृष्ट रहेको उल्लेख छ । सन् १९८१ मा स्थापना गरिएको मध्य प्रदेशको उक्त राष्ट्रिय निकुञ्जमा पाइने उन्मुक्त भावका हात्ती र मृगको बथानले पनि निकुञ्जको व्यवस्थापनलाई उजागर गरिदिएको सिन्ह्वाको समाचारमा उल्लेख छ ।
भारतीय पर्यटन मन्त्रालयले सन् २००७ मा उक्त निकुञ्जलाई उत्कृष्ट व्यवस्थापनको पुरस्कारबाट पुरस्कृत गरेको थियो । सन् २०११ देखि जैविक संरक्षणस्थलको मान्यता पाएको निकुञ्जलाई प्राकृतिक पर्यावरणीय पार्क पनि भन्ने गरिएको छ ।
निकुञ्जमा सबैभन्दा धेरै मृग र हात्ती पाइन्छन् । थाेरै संख्यामा बाघ पनि रहेकाे बताइन्छ ।
टिप्पणीहरू