बादल लागे पनि वर्षाको सम्भावना कम
आजदेखि मुलुकका केही भागमा बादल लागे पनि पानी पर्ने सम्भावना कम छ । तर प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका केही उच्च पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । त्यसगरी आज राति पनि प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका केही स्थानमा पनि सामान्य हिमपातको सम्भावना रहेको बताइएको छ ।
भोलिदेखि धेरै स्थानमा बादल लाग्ने र केही पहाडी भूमागमा हल्का वर्षाको सम्भावना छ । विशेषगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना देखिएको हो ।
टिप्पणीहरू