वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई कार्यकारी निर्देशक आवश्यक

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई कार्यकारी निर्देशक आवश्यक

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । 

आज सूचना प्रकाशित गर्दै केन्द्रले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा नियुक्त हुने सो पदका लागि १५ दिनभित्र आवेदन माग गरेको हो । सूचनामा कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ्ग वा ऊर्जासम्बन्धी विषयमा स्नातकोत्तर उपाधिसहित वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाइएको छ ।

त्यस्तै, इच्छुक उम्मेदवारले आफ्नो हस्ताक्षरसहितको बायोडाटा, नोटरी पब्लिकबाट प्रमाणित नेपाली नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको प्रमाणपत्रका प्रतिलिपि, दुई हजार शब्दमा नबढाई लेखिएको चार वर्षे व्यवसायिक कार्ययोजनाको प्रस्ताव, हाल कुनै संस्थामा कार्यरत भए सम्बन्धित संस्थाको सहमतिसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यस सम्बन्धमा अन्य थप जानकारीका लागि सिहंदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रशासन महाशाखा वा मन्त्रालय वा केन्द्रको बेवसाइटमा सम्पर्क गर्न सकिने केन्द्रले जानकारी गराएको छ ।
 

टिप्पणीहरू