मगर दिवसको दिन दुई पालिकामा छुट्टी

मगर दिवसको दिन दुई पालिकामा छुट्टी

गुल्मीको सत्यवती गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय मगर दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भोलि सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थालगायत अन्य संघसंस्था बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाण्डेले बताए । 

‘मिति २०७९–११–१० गतेका दिन बसेको सत्यवती गाउँपालिका, गाउँकार्यपालिका बैठकको निर्णयअनुसार मिति २०७९–११–१५ गतेका दिन मगर दिवसको अवसरमा यस पालिकाभरका सम्पूर्ण सरकारी कार्यालयहरुलाई स्थानीय बिदा दिइएको व्यहोरा जानकारी गराइन्छ’, जारी सूचनामा भनिएको छ । 

त्यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सोही अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयकाअनुसार भोलि गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहनेछन् ।

टिप्पणीहरू