राजावादीहरुले 'हिन्दु अधिराज्य' घोषणा गर्ने
राजसंस्था पुनःस्थापना गराउने अभियानमा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले यही फागुन १८ गते आमसभा गर्ने भएको छ । मोर्चाले राष्ट्रिय सभागृहमा राजावादीहरुलाई बटुलेर ‘हिन्दु अधिराज्य घोषणा सभा’ गर्न लागेको हो ।
नेपाललाई सनातन हिन्दुअधिराज्य पुनःस्थापना गर्ने उद्धेश्यका साथ सभाको आयोजना गरिएको मोर्चाले जनाएको छ ।
मोर्चाका अध्यक्ष तारानाथ लुईंटेलले सबै हिन्दुवादीहरुलाई कार्यक्रममा उपस्थित हुनका लागि आह्वान गरेका छन् ।
टिप्पणीहरू