रवि लामिछानेको पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने, राष्ट्रपतिबारे तत्काल नबोल्ने

रवि लामिछानेको पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने, राष्ट्रपतिबारे तत्काल नबोल्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ । आज बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

तर रास्वपाले सरकारलाई दिएको समर्थन हाललाई यथावत राख्ने निर्णय गरेको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उपयुक्त समय आएपछि मात्रै त्यसबारे विचार गरिने छ ।

रास्वपाले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस र एमालेका उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । त्यसबारे अझै समय बाँकी भएकाले पछि निर्णय गरिने बताइएको छ ।

टिप्पणीहरू