ओलीलाई भेटेपछि बहिष्कारमा परेकी ज्योतिको फेसबुकमा आक्रोश
केपी ओलीको प्रशंसा गरेका कारण सांगीतिक कार्यक्रममा बहिस्कृत हुन थालेपछि लोकदोहोरी गायिका ज्योती मगर रिसाएकी छन् । उनले आज सामाजिक सञ्जालमा लामो धारणा राख्दै आक्रोश पोखेकी हुन् ।
केही साताअघि एमाले निकट राष्ट्रिय युवा संघको प्रदर्शनमा सहभागी भएकी र सामाजिक सञ्जालमा धारावाहिक स्टाटस लेखेर जेनजीमाथि कटाक्ष गरिरहेकी ज्योतीलाई पछिल्लो समय महोत्सव र कन्सर्टहरुमा बहिष्कार गर्न थालिएको बताइन्छ । यसअघि तय भइसकेको कतिपय कार्यक्रमबाट समेत उनको नाम काटिएको बुझिएको छ ।
यसप्रति ज्योतीले आक्रोश जनाएकी हुन् । ‘जो बोल्यो कि असन्तुष्टि मात्रै ओकेल्छ, अरुले गिफ्ट गरेको आइफोन निकाल्छ र २४ सै घण्टा सोसल साइटमा एक्टिभ रहन्छ, उसैले भन्छ ज्योती मगरलाई हरेक कार्यक्रमबाट बहिष्कार गर्नुपर्छ’, उनले सञ्जालआ लेखेकी छन्, ‘ओइ, भाइहरु पहिले कार्यक्रम गर्ने औकात त बना, अनि मलाई बहिष्कार गर्लास्, तैले कार्यक्रम गर्नसक्ने औकात बनाएको दिन म आफैँलाई बहिष्कार गरिदिन्छु ।’
स्मरण रहोस्, एमालेको मार्गमा देखिएकी ज्योतीले केही दिनअघि गुण्डु पुगेर केपी ओलीसँग भेट गरेकी थिइन् । उनलाई युवा संघका अध्यक्ष क्षितिज थेवेले सिधैँ ओलीसँग भेटाइदिएको बुझिन्छ ।
टिप्पणीहरू