आठ दलीय गठबन्धनले राष्ट्रपतिका भोटरलाई भेला गरेर तालिम दिने

आठ दलीय गठबन्धनले राष्ट्रपतिका भोटरलाई भेला गरेर तालिम दिने

काँग्रेस–माओवादी नेतृत्वको आठ दलीय गठबन्धनले संघ तथा प्रदेशका सांसदहरुलाई छुट्टाछुट्टै भेला गरेर अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । 

काँग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धनको कार्यदल बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै तालिम आयोजना गर्ने निर्णय गरेको हो । आज सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको कार्यदलको बैठकले फागुन १८ गते प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरुलाई काठमाडौंमा र भोलिपल्ट १९ गते सातै प्रदेशका सांसदलाई सम्बन्धित प्रदेशको राजधानीमा भेला गरेर प्रशिक्षण दिने निर्णय गरेको हो । 

सांसदहरुको भेलामा आठ दलीय गठबन्धनको बनाउनुको औचित्य र राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई जिताउनुपर्ने कारणका विषयमा सांसदहरुलाई प्रष्ट पारिने जनाइएको छ । त्यस्तै, राष्ट्रपति चुनावको अघिल्लो दिन फागुन २४ गते संघ र प्रदेश दुवैतिरका सांसदहरुलाई एकै ठाउँमा राखेर गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम पनि कार्यदल बैठकले तय गरेको छ । 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल साझा उम्मेदवार छन् भने एमालेले सुवास नेम्वाङलाई मैदानमा उतारेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदले निर्वाचनमा भोट हाल्नेछन् ।

टिप्पणीहरू