बंगलादेशमा सुन्दरीको होइन, बिरालोको ‘क्याट वाक’

बंगलादेशमा सुन्दरीको होइन, बिरालोको ‘क्याट वाक’

बंगलादेशको राजधानी ढाकामा सुन्दरीहरुको झैँ बिरालोको ‘क्याट वाक’ गरिएको छ । बिरालोका शौखिनहरुले भव्यताका साथ ‘क्याट र्याम्प शो’ गरेका हुन् । शोमा लगिएका बिरालोहरुलाई चश्मा र धनुष आकारका पोशाकमा सजाइएको थियो ।

कुनै बिरालोलाई सुन्दर र चम्किला कपडासहित गहनासमेत लगाइएको  थियो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार बंगलादेश पेट फेडेरेशनद्वारा आयोजित उक्त प्रदर्शनीले जनावरप्रति मान्छेको माया र लगाव थप बढाउने अपेक्षा राखिएको छ । 

साथै, यस्ता कार्यक्रमले जनावरको संरक्षण गर्ने तरिका सिकाउन मद्दत पुर्याउने आयोजकको विश्वास छ । प्रदर्शनीमा कोही आफ्ना बिरालोसँग फोटो खिचाउन व्यस्त देखिन्थे भने कोही खाना खुवाइरहेका थिए । धेरै बिरालोप्रेमीहरुले प्रदर्शनीमा भाग लिएको आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू