ठगीको नयाँ काइदा, पावर बैंकभित्र गिलो माटो

ठगीको नयाँ काइदा, पावर बैंकभित्र गिलो माटो

सीमा क्षेत्रका बजार र शहरमा भारतीय ठगहरुले नयाँ तरिकाबाट ठगी गर्न थालेका छन् । रुपन्देहीमा पावर बैंकको खोलभित्र गिलो माटो राखेर बिक्री गरिएको अवस्थामा दुई जना भारतीय पक्राउ परेपछि उक्त रहस्य खुलेको हो ।

उनीहरुले नेपालीलाई चिट्ठामा पावर बैंक परेको प्रचार गर्दै पावर बैंकको खोलभित्र गिलो माटो राखेर बिक्री गरेका हुन् । ती भारतीय रुपन्देहीको सालझण्डीबाट पक्राउ परेको बताइएको छ ।

भारतको सिद्धार्थनगर जिल्लाअन्तर्गतको चन्दनताय गाउँका २८ वर्षीय विवेककुमार भट्ट र २५ वर्षीय सर्वेशकुमार भट्ट प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पीएर लेखिएको प्लाष्टिकको बट्टामा हालिएको माटोको ‘पावर बैंक’ छ थान, डाटा केबल छ थान, साडी, कुर्ता, सर्ट पाईन्ट एक–एक थान, स्क्रयाच कुपन ७९ थान पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले प्रयोग गरेको यूपी ५५ एएफ १५१९ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । मोटरसाइकलमा प्रेस लेखिएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू