सप्तरीमा सडक दुर्घटना : घोडासहित दुई बिते, १२ घाइते

सप्तरीमा सडक दुर्घटना : घोडासहित दुई बिते, १२ घाइते

सप्तरीमा दुई वटा जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । रुपनगरमा आज बिहान भएको उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका ९, रुपनगरमा बा. १८ च ६६१७ नम्बरको स्करपियो र प्रदेश २–०२–००१ च ०७४६ नम्बरको बलेरो बिहानीपख ठोक्किएका हुन् । सुनसरीकी ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय राम साह हलुवाईको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकका शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । बलेरोमा रहेको एउटा घोडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू