आलु रोप्न गएकी बालिकाको करेन्ट लागेर ज्यान गयो

आलु रोप्न गएकी बालिकाको करेन्ट लागेर ज्यान गयो

सिन्धुपाल्चोककी एक बालिकाको बारीमा आलु रोप्ने क्रममा करेन्ट लागेर ज्यान  गएको छ । जुगल गाउँपालिका ३ की १४ वर्षिया नुर्जी वाङमु तमाङको बारीमा आलु रोप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

आज दिउँसो आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रसारण लाइनको तार छुँदा एक्कासी करेन्ट लागेर उनको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार करेन्ट लागेर ती बालिकाको दाहिने घुँडाको पुरै भाग जलेको थियो । मृतक बालिकाको शव हाल घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू