नयाँ दिल्ली उड्न लागेका मेनपावर कर्मचारीको झोलामा ५७ थान पासपोर्ट
काठमाडौंबाट नयाँ दिल्लीतर्फ उड्न लागेका एक जना नेपाली यात्रुको झोलाबाट ५७ थान राहदानी फेला परेको छ । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट आज दिउँसो त्यसतर्फ जान लागेका सुुनसरीका योगेन्द्र घिमिरेको साथबाट उक्त राहदानी फेला परेको बताइएको छ ।
आवर डेस्टिनी मेनपावर, टेकूका कर्मचारी घिमिरेले रोमानियाको निम्ति भिसा लगाउन नयाँ दिल्ली लैजान लागिएको बताएका छन् । तर प्रहरीले निजलाई राहदानीसहित विमानस्थलको प्रस्थान कक्षबाट नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।
उनलाई नयाँ दिल्लीतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याण्डब्यागेज चेकजाँच गर्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । अन्य व्यक्तिको राहदानी विदेश लैजान राहदानी विभागको पत्र अनिवार्य रहेको बताइन्छ ।
टिप्पणीहरू