कान्ति लोकपथ बन्द, वैकल्पिक बाटो हिंड्न आग्रह

कान्ति लोकपथ बन्द, वैकल्पिक बाटो हिंड्न आग्रह

हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको कान्ति लोकपथ सडकखण्ड पूर्णरुपमा बन्द भएको छ । मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सडकमा दुईतर्फी आवागमन बन्द गरिएको हो । 

आजदेखि आँउदो चैत १० गतेसम्म उक्त सडकमा सवारी आवागमन रोकेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ । प्रशासनले हेटौंडा–काठमाडौं साना सवारी साधन चलाउने व्यवसायीहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रहसमेत गरेको छ । 

हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्न प्रशासन कार्यालयको सुझाव छ । त्यस्तै, काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–भीमफेदी रुटको प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।
 

टिप्पणीहरू