राष्ट्रपतिमा भोट माग्दै हिँडेको एमाले टोली धुम्बाराही पुग्यो

राष्ट्रपतिमा भोट माग्दै हिँडेको एमाले टोली धुम्बाराही पुग्यो

राष्ट्रपतिमा आफ्ना उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई भोट माग्दै हिँडेको नेकपा एमालेको टोली दिउँसो राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुुगेको छ । आज बिहान आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी र बसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालय पुगेको उक्त टोली केहीबेरअघि राप्रपा कार्यालय पुगेर भोट मागेको छ ।

एमाले टोलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्षद्वय रविन्द्र मिश्र र बुद्विमान तामाङले कुराकानी गरेका छन् । एमाले टोलीमा उपाध्यक्ष तथा राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङ, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र रघुवीर महासेठ, सचिव योगेश भट्टराई, विद्या भट्टराईलगायत राप्रपा कार्यालय पुगेको बताइन्छ । 

यसअघि सोही टोलीले रास्वपाका सभापति रवि लामिछानेसहित उक्त दलका नेता र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालगायतसँग क्रमशः बसुन्धरा र आलोकनगरमा भेट गरेर भोट मागेको थियो ।

टिप्पणीहरू