नेपालको सुरक्षा र विमानस्थलबारे अमेरिकी टिप्पणी : अधिकारीहरु अमेरिकाप्रति उत्तरदायी, उपलब्ध गराइएको सूचना अपर्याप्त

नेपालको सुरक्षा र विमानस्थलबारे अमेरिकी टिप्पणी : अधिकारीहरु अमेरिकाप्रति उत्तरदायी, उपलब्ध गराइएको सूचना अपर्याप्त

अमेरिकाले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे टिप्पणी गर्दै त्यहाँ कार्यरत कर्मचारी अमेरिकाप्रति उत्तरदायी देखिए पनि सूचना पर्याप्त नदिने गरेको खुलासा गरेको छ । 

अमेरिकाको आतंकवाद सम्बन्धी वार्षिक प्रतिवेदन २०२१ मा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको प्रि–स्क्रिन नहुने र उनीहरुको कागजातको सुरक्षासमेत नरहेको उल्लेख छ । विश्वका विभिन्न मुलुकबारे उल्लेख गरिएको उक्त प्रतिवेदनमा नेपालको विमानस्थलमा रहेको सुरक्षा व्यवस्था निकै कमजोर र अपर्याप्त भएको औंल्याइएको छ ।

रिपोर्टमा लेखिएको छ, ‘नेपालका सुरक्षा निकाय र अध्यागमन अधिकारीहरू सामान्यतयाः अमेरिकाप्रति उत्तरदायी देखिन्छन् । तर उत्तरदायी हुँदाहुँदै पनि निकै थोरै सूचना मात्रै अमेरिकालाई उपलब्ध गराउँछन् ।’

टिप्पणीहरू