राष्ट्रपति भण्डारी दोलखा पुगेर फर्कनुभयो
राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान दोलखा पुगेर दिउँसो राजधानी फर्कनुभएको छ । उहाँ बिहान साढे ९ बजे त्यसतर्फ जानुभएको बताइन्छ ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर ९ एन आरएएम अगुस्तामा त्यसतर्फ प्रस्थान गरेर दिउँसो सवा २ बजे काठमाडौं आउनुभएको हो ।
राष्ट्रपति निवास अघिल्तिरको भैरवनाथ गणमा रहेको हेलिप्याडबाट उडेर बिहान दोलखा जानुभएको राष्ट्रपति दिउँसो सोही स्थानमा अवतरण गर्नुभएको हो ।
टिप्पणीहरू