साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय कार्यदल गठन
सरकारले साइबर सुरक्षाको निम्ति आवश्यक नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । सोमबारको क्याबिनेटले कार्यदल गठनको निर्णय गरेको थियो ।
सूचना प्रविधिविज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा गठन गरिएको कार्यदलमा बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम छन् । सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञलाई पनि सदस्य राखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य सचिव रहेको कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।
कार्यदलका सदस्यहरुसँगको भेटघाटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको साइबर सुरक्षामाथि पटक पटक खतरा देखिएपछि सरकारले कार्यदल गठन गरेको जानकारी गराउनुभएको छ ।
कार्यदलको सुझावलाई आगामी बजेटमा समावेश गरिने बताइएको छ । कार्यदलले प्रारम्भिक छलफल गरिसकेको छ ।
टिप्पणीहरू