‘यौन कार्य पनि पेशा हो’ भन्दै राजधानीमा महिलाको जुलुस
‘अन्तर्राष्ट्रिय यौन श्रमिक अधिकार दिवस’ को अवसरमा आज काठमाडौँमा र्याली निकालिएको छ । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा माइतीघर मण्डलाबाट र्याली निकालिएको हो ।
सञ्जालका संयोजक शुलोचना खनालको नेतृत्वमा भएको र्यालीको व्यवस्थापन लक्छी अर्यालले गरेकी हुन् । त्यसक्रममा र्यालीका सहभागीहरुले ‘यौन कार्यलाई निरअपराधीकरण गर’,‘महिलाको शरीरमाथिको अधिकार नियन्त्रण बन्द गर’,‘मानव अधिकार खोस्न पाँइदैन्’,‘यौन कार्य पनि एक पेशा नै हो’, ‘हिंसाविरुद्धको आवाज बुलन्द गरौं, हिंसारहित समाज निर्माण गरौं’,‘यौन कार्य पेशा संविधानको धारा ३३ को उपधारा २ मा भएको व्यवस्था कार्यान्वयन गर’, लगायतका नारा लगाएका थिए ।
दुई दर्जनको सहभागिता रहेको र्याली नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअगाडि पुगेर टुंगिएको थियो ।
टिप्पणीहरू