बसको ठक्करपछि वृद्धको अस्पतालमा मृत्यु
मोरङमा बसको ठक्करले एक जनाको निधन भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका १० मा बसले मोटरसाइकललाई ठक्कर दिएपछि ६० वर्षीय वृद्वको ज्यान गएको बताइएको छ ।
हिजो दिउँसो भएको दुर्घटनामा सुन्दरहरैंचा ६ का ६० वर्षीय उमाकान्त कोइरालाको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
बसले कोइराला र उनका छोरा सवार प्रदेश १–०२–०४३ प ३२४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । हिजो दिउँसो छोरा थमप्रसाद कोइरालासँग मोटरसाइकलमा गइरहँदा मे.१ ख २२८३ नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका छोरा थम प्रसादको भने न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू