सरकारले दुधको भाउ बढायो

सरकारले दुधको भाउ बढायो

मन्त्रिपरिषद्को आज बसेको बैठकले दूधको भाउ बढाउने निर्णय गरेको छ । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसाबाट बढाएर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय गरेको बताइएको छ । 

दुधको भाउ भोलिदेखि प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढ्नेछ । सोहीअनुसार सहरी क्षेत्रका उपभोक्ताले प्याकेट र खुल्ला दुधको मूल्य पनि बढी तिर्नुपर्ने भएको छ । यसअघि अघिल्लो वर्षको माघमा पनि दुधको मूल्य बढाइएको थियो । सरकारले किसानको लागतलाई विचार गरेर दुधको भाउ बढाउने निर्णग गरेको बताइएको छ ।

टिप्पणीहरू