रवि लामिछानेको पद खुस्काइदिने सफलद्वारा मोर्चा घोषणा

रवि लामिछानेको पद खुस्काइदिने सफलद्वारा मोर्चा घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिरुद्ध अदालतमा मुद्दा हालेर पद खुस्काइदिएका युवराज पौडेल ‘सफल’ ले नेपाल समाजवादी मोर्चा घोषणा गरेका छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आफ्नै नेतृत्वमा मोर्चा गठन गरेका हुन् । सफलको संयोजकत्वमा नौं सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन गरिएको छ । जसमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।

समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठकलगायतका कार्यक्रमको आयोजना गरिने छ । 'मोर्चामा सबैलाई समावेश गरिने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
 

टिप्पणीहरू