यसरी गर्यो सशस्त्र प्रहरीले फेवातालमा उद्धार (फोटो र भिडियो)

 आज फेवातालमा एउटा डुंगा डुबेपछि पाँच जनाको तत्काल उद्धार गरिएको छ । बेपत्ता भएको डुंगामा छ जना सवार रहेको बताइन्छ । 

सशस्त्र प्रहरी बलले पाँच जनाको तत्काल सकुशल उद्धार गरेको हो । तर, पोखराकी ७० वर्षीय महिलाको भने मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते महिलाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरु सवार डुंगा तालबाराही मन्दिर नजिकै पल्टेको थियो । लगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा खटेको बताइन्छ ।

टिप्पणीहरू