बिहे भोज खाँदा घाँटीमा हड्डी अड्केका धिमालको मृत्यु
मोरङमा बिबाह भोज खाएका एक जनाको घाँटीमा हड्डी अड्किएपछि ज्यान गएको छ । उर्लाबारीमा भोज खाने क्रममा घाँटीमा हड्डी अड्किएका घिसिङ धिमालको ज्यान गएको बताइएको छ ।
उर्लाबारी १ का ५२ वर्षीय घिसिङको भोज खाने क्रममा हड्डी अड्किएको हो । उर्लाबारी १ का वडासदस्य गौरीशंकर दाहालका अनुसार धिमाल हिजो छिमेकीको घरमा भोज खान गएका थिए ।
हड्डी अड्किएपछि नजिकैको मेडिकलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू