दार्चुलामा चितुवा मृत फेला, भीरबाट लडेर मरेको आशंका
दार्चुलामा मृत अवस्थामा एउटा चितुवा फेला परेको छ । शैल्यशिखर नगरपालिका–२ स्थित घट्टेखोलामा वयस्क चितुवा मृत फेला परेको हो ।
डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीका अनुसार चितुवाको टाउकोमा गहिरो चोट लागेको छ । सम्भवतः तिर्खा लागेपछि घट्टेखोलामा पानी खान जाँदा चितुवा भीरबाट लडेको हुनसक्ने अनुमान गरिएको छ ।
पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौंडाईको चितुवालाई प्रहरी, वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा अस्थायी प्रहरी पोष्ट, गोकुलेश्वर नजिकै गाडिएको छ ।
टिप्पणीहरू