अन्तिम क्षणमा भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल

अन्तिम क्षणमा भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल

आगामी बिहीबार हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिम क्षणमा भोट मागेका छन् । आज बिहान डल्लुस्थित निवास पुगेर नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भोट मागेका पौडेलले आजै साँझ राप्रपा अध्यक्षसँग भेट गरेका छन् । 

साँझ ६ बजे राप्रपाको मुख्यालय धुम्बाराही पुगेका पौडेलले अध्यक्ष राजेन्द्र लिङ्देनसँग आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । पौडेल र लिङ्देनबीच साँझ ४५ मीनेट कुराकानी भएको बताइन्छ ।निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारमा रोक लगाएको छ । आयोगका अनुसार आज रातिदेखि मौन अवधि शुरु हुनेछ । 

राष्ट्रपति निर्वाचनमा पौडेल सत्ता गठबन्धनलाई समर्थन गरेका आठ दलका साझा उम्मेदवार हुन् भने एमालेको तर्फबाट उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ पनि प्रतिस्पर्धी छन् ।

टिप्पणीहरू