जंगलको डढेलो बस्ती पसेपछि दुई घर खरानी

जंगलको डढेलो बस्ती पसेपछि दुई घर खरानी

नजिकैको जंगलमा लागेको डढेलो पाँचथरको एउटा बस्तीमा पसेको छ । डढेलोले कुम्मायक गाउँपालिकामा दुई घर खरानी बनाएको छ । नजिकैको साठीमुरे जंगलमा लागेको डढेलोले वसन्तकुमार राई र छत्रबहादुर राईको घर नष्ट भएको हो ।

वसन्त र छत्र बाबुछोरा हुन् । हिजो साँझको समयमा आगो गाउँ पसेपछि बाबुछोरको घर जलेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगोका कारण घरभित्रका सबै अन्नपात, सामान, नगद र सुन जलेको छ ।

आगलागीबाट दुबै घरमा गरेर २० देखि २५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
 

टिप्पणीहरू