प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी बिहिबार तोकियो

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी बिहिबार तोकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गरिएको रिटको पेसी शुक्रबार तोकिएको छ । दर्ता नम्बर ०८९–डब्लुओ–०९४७ रहेको उक्त रिट केही बेरअघि अधिवक्ता ज्ञानेन्द्रराज आरनलगायत २८ जनाले दायर गरेका हुन् ।

जनयुद्धकालीन मुद्दामा विपक्षी बनाएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो । २८ जनाले संयुक्त रुपमा दिएको रिट निवेदन यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । 

तर, रिट दर्ता गर्न माग गर्दै निवेदकले पुनः अर्को रिट हालेपछि न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश जारी गरेको थियो । त्यसपछि आज उक्त रिट दर्ता गरिएको हो । 

रिटमा १० वर्षे जनयुद्धका सुप्रिमोसमेत रहेका प्रधानमन्त्री प्रचण्डको तीन वर्ष पुरानो अभिव्यक्तिलाई आधार मानिएको छ । तीन वर्षअघि टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धमा त्यतिबेलाको राज्यपक्षबाट १२ हजारभन्दा बढी मानिस मारिएको भन्दै माओवादीबाट भएको क्षतिको जिम्मा आफूले लिने बताउनुभएको थियो ।

टिप्पणीहरू