नारी दिवसमा सुकुम्बासी मोर्चाको आन्दोलन

नारी दिवसमा सुकुम्बासी मोर्चाको आन्दोलन

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राजधानीको माइतीघर मण्डलामा धर्ना दिएको छ । भूमि अभियन्ता नारायण परिश्रमी र हुकुमबहादुर लामालाई निःशर्त रिहाईको माग गर्दै मोर्चाले आज ‘शान्तिपूर्ण धर्ना कार्यक्रम’ राखेको बताइएको छ । 

मोर्चाका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा भएको आन्दोलनमा झण्डै दुई दर्जनले सहभागिता जनाएका छन् । उनीहरुले ‘असमान भूमिनीति खारेज गर’, ‘भूमि अभियन्ता रिहा गर’, ‘बसोबासको अधिकार सुनिश्चित गर’, ‘संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा जिन्दावाद’ लगायत नारा लगाएका छन् । 

भूमि अभियन्तालाई पक्राउ गरेको विरोधमा मोर्चाले केही दिनदेखि लगातार प्रदर्शन गर्दै आएको छ ।

टिप्पणीहरू