भाडा उठाउन पशुपतिको ताकेता

भाडा उठाउन पशुपतिको ताकेता

पशुपति क्षेत्र विकास कोषले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानमा पसल सञ्चालन गर्नेलाई भाडावापतको बक्यौता रकम तिर्न ताकेता गरेको छ । लामो समयदेखि व्यापारीहरुले बक्यौता रकम नतिरेपछि कोषले ३५ दिने सूचना निकालेर भाडा बुझाउन भनेको हो ।  

कोषले आफ्नो स्वामित्वमा रहेको भण्डारखालस्थित पसल कवलहरु, अमालकोट कचहरी, लामपोखरी चावहिल, सुमार्गी भवन, सुमार्गी भवनअगाडि रहेका पसललाई उक्त समयभित्र बक्यौता रकम बुझाउन सूचित गरेको छ । ती क्षेत्रमा रहेका सोभिनियर पसल कवल, भण्डारखाल पार्किङ, वनकालीस्थित बी ११ मा रहेको पार्किङ र कोषसँग सम्झौता गरी सञ्चालनमा रहेका सबैले बक्यौता नतिरेको सूचनामा जनाइएको छ । 

३५ दिनभित्र बक्यौता रकम तिर्न निर्देशन दिँदै कोषले अटेर गरे चल/अचल सम्पत्तिबाट जफत गरिने चेतावनीसमेत दिएको छ ।
 

टिप्पणीहरू