भैरहवामा ८० दिनपछि विदेशी जहाज देखियो

भैरहवामा ८० दिनपछि विदेशी जहाज देखियो

भैरहवास्थित गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको अन्तर्राष्ट्रिय उडान आजबाट पुनः शुरु भएको छ । गत पुस ५ गतेदेखि खराब मौसमका कारण उडान स्थगित भएको थियो । आज सोही विमानले उडान सुचारु गरेको हो । यसअघि कुवेतको जजिरा एअरले मात्रै कुवेत सिटी–भैरहवा उडान गरेको थियो । 

कुवेतबाट आएको उक्त जहाज बिहान सवा ७ बजे गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उडानमा एक जना साउदी अरबका नागरिक र ५३ जना नेपालीसहित ५४ जना यात्रु थिए ।

त्यसको एक घण्टापछि विमान ९३ जना नेपाली यात्रु बोकेर कुवेततर्फ प्रस्थान गरेको गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
 

टिप्पणीहरू