चितवनमा आठ महिनामा १३ गैंडा मासिए

चितवनमा आठ महिनामा १३ गैंडा मासिए

चितवनमा फेरि अर्को एउटा गैंडा मरेको छ । राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा मृत अवस्थामा फेला परेको गैंडा निकुञ्जको अमलटारी सेक्टरको शेरी पोष्ट नजिकै ढलेको अवस्थामा देखिएको बताइन्छ ।

२० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । तिवारीले गैंडा आपसमा जुधेर मरेको हुन सक्ने आशंका गरेका छन् । 

पछिल्लो आठ महिनामा चितवनमा १३ वटा गैंडाको मृत्यु भएको छ । हिजो दिउँसो मृत अवस्थामा फेला परेको गैंडाको खाग खुर सुरक्षित रहेकाले जुधेर मरेको हुनसक्ने निकुञ्जका अधिकारीहरु बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाहरु नारायणी नदीको पूर्वबाट पश्चिमतर्फ बढी देखिन्छन् । पूर्वतर्फ घाँसे मैदान र पानीको अभावका कारण गैंडाले पश्चिम चितवन र नवलपरासीलाई रोज्न थालेको हो । हाल निकुञ्जमा ६९४ गैँडा रहेको बताइन्छ ।

टिप्पणीहरू