प्रधानमन्त्रीविरुध्द परेको मुद्दाको बहस सुन्न मार्सी सर्वोच्चमा

प्रधानमन्त्रीविरुध्द परेको मुद्दाको बहस सुन्न मार्सी सर्वोच्चमा

माइतीघरमा राजसंस्थाको समर्थन र गणतन्त्रको बिरोधमा निकालिएको प्रदर्शन छाडेर दुर्गा प्रसाईं उर्फ मार्सी सर्वोच्च अदालत छिरेका छन् । उनी सर्वोच्चमा सुनुवाई हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुध्दको मुद्दाको सुनुवाई सुन्न त्यहाँ पुगेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अस्ति दर्ता भएको मुद्दाको पेसी आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ । माओवादी द्वन्द्वपीडितका तर्फबाट अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले अस्ति मंगलबार दुई वटा रिट दर्ता गराएका थिए । 

सर्वोच्चले सोही दिन प्रधानमन्त्री दाहाललाई आज बिहान १० बजे अदालतमा उपस्थित हुन भनेको थियो । सोही मुद्दा आज इजलास नम्बर १ मा परेको छ । मुद्दाको क्रमसंख्या चौथो नम्बरमा छ ।

टिप्पणीहरू