रास्ट्रपतिमा अहिलेसम्म कति खसिसक्यो मत ?

रास्ट्रपतिमा अहिलेसम्म कति खसिसक्यो मत ?

राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि शुरु भएको मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी मतदानमा दिउँसो २ बजेसम्ममा ९३ प्रतिशत मत खसेको छ । कूल ८८२ जना मतदाता रहेकोमा दिउँसो २ बजेसम्म ८२४ मत खसेकाे  निर्वाचन आयोगले जनाएको छ । 

 संघतर्फ ३०९ र प्रदेशसभाका ५१५ सांसदले भोट खसालिसकेका छन् । 

राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसदसहित संघीय संसद्का ३३४ सदस्य मतदाता छन् । तर, प्रतिनिधिसभाका दुई सांसद कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् भने रास्वपाका रवि लामिछाने पदबाट मुक्त भएकाले मतदाता संख्या ३३२ छ । उपचारका लागि भारतको मुम्बईमा रहेका कांग्रेसका अर्का सांसद चन्द्र भण्डारी पनि मतदानमा सहभागी छैनन् । सात वटै प्रदेशका ५५० सांसद पनि राष्ट्रपति निर्वाचनका लागि मतदाता रहनेछन् । 

मतदान दिउँसो ३ बजेसम्म हुनेछ भने आजै परिणाम घोषणा गर्ने तयारी छ । 

नयाँ राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस बरिष्ठ रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

टिप्पणीहरू